कास्कीमा बाढीले दुईवटा पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी

लोकपथ
63
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएको छ । मादीखोलामा राति २ः१५ बजे आएको बाढीले दुई वटा पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा रहेको मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि बनाइएका दुवै मेटल पुल बाढीले बगाएको हो । बाढीले मन्दिरको आधा भागमा समेत क्षति पुर्‍याएको छ ।

डीएसपी थापाका अनुसार मन्दिरमा एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी तीन जना फसेका छन् । उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ ।

उद्धार टोलीले मन्दिरमा फसेका तीनै जनाको उद्धार प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?