स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ स्कुटर सार्वजनिक

लोकपथ
35
Shares

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ ।

नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले उक्त स्कुटर नेपाली बजारमा भित्राएको हो ।

कम्पनीले मंगलबारबाट जारी नाइमा मोबिलिटी एक्सपो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।

नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ ।

स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन र अनुमानित यात्रा समय, आउने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री र नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान तथा सर्भिस रिमाइन्डरलगायत सुविधा उपलब्ध छन् ।

कनेक्टिभिटी सुविधाका साथै एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन रहेको छ ।

दैनिक सहरी यात्रालाई थप सहज र सुविधाजनक बनाउने उद्देश्यले यसमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ ।

सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेड मोडलमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि ल्याइएको बताए । उनले स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको विश्वसनीय प्रदर्शनको संयोजनले नयाँ एक्सेस १२५ कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बन्ने विश्वास व्यक्त गरे ।

नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?