काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल र बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
पार्टीले पत्रकारलाई पक्राउ गर्नु तथा सञ्चारमाध्यमको कार्यालय र निवासमा खानतलासी गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेको हो ।
प्रलोपा प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी विज्ञप्तिमा सरकारको आलोचना गर्नु तथा गलत निर्णयबारे प्रश्न उठाउनु पत्रकारको अधिकार भएको उल्लेख गरिएको छ ।
पत्रकारको आलोचनात्मक आवाज दबाउन पक्राउ गर्ने वा राज्यशक्तिको डर देखाउने कार्य लोकतन्त्रका लागि उचित नभएको पार्टीले जनाएको छ ।
श्रेष्ठले उठाएका विषयमा असहमति भए तथ्य र तर्कका आधारमा सार्वजनिक बहस गर्नुपर्ने प्रलोपा नेतृत्वको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको आलोचना अपराध होइन, प्रेसलाई नियन्त्रण गर्ने प्रयास लोकतन्त्रका लागि गम्भीर खतरा हो ।’
प्रलोपा नेतृत्वले श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गर्दै सञ्चारमाध्यमलाई स्वतन्त्र र भयमुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघ, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल तथा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षलाई आवाज उठाउन पार्टीले अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया