कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमादाबी रकम हस्तान्तरण

लोकपथ
21
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमादाबी रकम हस्तान्तरण गरेको छ ।

श्रीमती खुमापौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि बैंकले परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमादाबी प्रक्रिया पूरा गरी उक्त रकम हस्तान्तरण गरेको हो । बैंकका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनामा बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खातामा समावेश बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको वित्तीय सुरक्षामा सहयोग पुग्ने बैंकको भनाइ छ ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यसले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउँदै आवश्यक समयमा ग्राहक तथा उनका परिवारलाई आर्थिक सहयोग पुर्‍याउन मद्दत गर्नेछ ।

२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दु सञ्चालनमा रहेको बैंकले जनाएको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?