सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालू २०८३’ सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘भिजन टु भ्यालू २०८३’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कर्मचारीको कामको मूल्यांकन, उत्कृष्ट कर्मचारीलाई सम्मान र आगामी वर्षको योजना बनाउन कार्यक्रम आयोजना गरिएको हो ।

‘इम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स’ नाराका साथ भएको कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्य भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलसहित कर्मचारीहरूको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष केडियाले गत आर्थिक वर्षमा बिमा शुल्क संकलनमा कम्पनीले गरेको प्रगतिका लागि कर्मचारीलाई धन्यवाद दिए । उनले आगामी दिनमा टिमवर्क र विभिन्न विभागबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर, कस्टमर सर्भिस अफिसर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रदेश तथा विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजरलगायत कम्पनीका विभिन्न तहका कर्मचारीहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?