काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सवारीसाधन किन्न चाहने ग्राहकका लागि विशेष कर्जा योजना ल्याएको छ ।
बैंकका अनुसार एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्नेछ । त्यस्तै, कर्जाको ब्याजदर आधार दरमा थप १ प्रतिशत प्रिमियम हुने बैंकले जनाएको छ ।
यो विशेष योजना साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने नाइमा एक्स्पो अवधिभर लागू हुनेछ ।
बैंकले सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई एक्स्पोमा सहभागी भएर यो कर्जा योजनाको लाभ लिन आग्रह गरेको छ । यस योजनाले ग्राहकलाई सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा लिएर आफ्नो आवश्यकता अनुसारको सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया