तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न, पार्टी विधानको सीमाभित्रै रहेर काम गर्छु : गगन थापा

लोकपथ
49
Shares

काठमाडौं । कांग्रेस सभापति गगन थापाले पार्टी विधानको सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताएका छन् । कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकाले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने उनको भनाइ छ । 

केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले भने, ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न । दबाएर म दबिन्न । फकाएर फकिन्न । विधानको सीमा थाहा छ । विधानको सीमाभित्र बस्छु । सबैलाई जोडेर लैजाने हो । चार पुस्ता छन् यो पार्टीमा, सबैलाई जोडेर लैजानुपर्छ, सबैसँग संवाद भइरहेको छ ।’

सभापति थापाले विशेष महाधिवेशनमा भाग लिएका वा नलिएका आधारमा कसैमाथि भेदभाव नगरिने बताए । 

उनले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतमा मुद्दा रहेकोले सानका साथ मुद्दा लडिने पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?