शनिबार पूर्वी नेपालका केही क्षेत्रमा १२ घण्टा बिजुली बन्द हुने

लोकपथ
14
Shares

काठमाडौं । शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म पूर्वी नेपालका केही क्षेत्रमा बिजुली बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मोरङको केरौन १३२/३३ केभी सबस्टेशनमा उपकरण परीक्षण गर्ने र दुहबी–दमक १३२ केभी प्रसारण लाइनको निर्माण कार्य गर्ने भएकाले बिजुली सेवा अस्थायी रूपमा रोक्न लागिएको हो । यस क्रममा केरौनमा टावर नम्बर ६८ र ६९ बीच नयाँ टावर जडान गर्ने काम पनि गरिनेछ ।

यसका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाभर तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा बिजुली प्रभावित हुनेछ ।

प्राधिकरणले प्राविधिक काम सकिएपछि तुरुन्तै बिजुली सेवा पुनः सञ्चालन गरिने जनाएको छ । यदि काम तोकिएको समयभन्दा छिट्टै सकियो भने बिजुली पनि निर्धारित समयअघि नै आउनेछ ।

बिजुली बन्द हुँदा हुने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले उपभोक्तासँग सहयोग र समझदारीको आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?