सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पहिरो हटाउन आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको छ । सडक खुलाउने काम जारी रहे पनि पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । कार्यालयले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था अपनाउन अनुरोध गरेको छ ।

पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि सडक सञ्चालनबारे थप जानकारी सार्वजनिक गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?