सुनसरी घटनाका थप एक घाइतेको निधन, निधन हुनेको संख्या चार पुग्यो

लोकपथ
105
Shares

काठमाडौं । सुनसरी घटनाका थप एक जना घाइतेको मंगलबार उपचारका क्रममा निधन भएको भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ ।

यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएकोमा रवीन्द्रको मृत्युसँगै आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेता तथा सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?