नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठक बुधबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थित हुन भनिएको छ ।

यसैगरी श्रद्धाञ्जलीका लागि स्वर्गीय श्रेष्ठको पार्थिव शरिर भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?