काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बालाई उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका छन् ।
संसदीय सुनुवाई समितिमा मंगलबार प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा उनले उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका हुन् ।
सो क्रममा श्रेष्ठले डा. सुब्बालाई सोधे, ‘हजुरको बिदाइको दिन म सांसद नरहे पनि मलाई बोलाउनुहोला । त्यो दिन मैले तपाईंको कार्यकाल र व्यक्तित्वका बारेमा कस्तो भाषण गर्छु होला भन्ने केही अनुमान गर्नुभएको छ ? ’
सभापति श्रेष्ठले डा. सुब्बाको कार्यकालपछिको अवकाशको दिनलाई परिकल्पना गर्दै उनको कार्यसम्पादन कस्तो रहला भन्ने जिज्ञासा राखे । प्रस्तावित आयुक्त सुब्बालाई आफ्नो बिदाईका लागि एक मिनेटको भाषण कस्तो हुन्छ भनेर ड्राफ्ट गरिदिन सक्नुहुन्छ ? भन्दै सभापति श्रेष्ठले व्यंग्यात्मक प्रश्न गरे ।
उनले भने, ‘मलाई अहिले एउटा जिज्ञासा छ । सायद हामी सांसद नभए पनि बिदाइ कार्यक्रममा बोलाउनुहुन्छ होला । त्यो दिन म उपस्थित भएर तपाईंको बारेमा एक मिनेट बोल तपाईंले उमेरका हिसावले अझै करिव ६ वर्ष काम गर्न पाउनुहुन्छ, होइन ? त्यसो भए तपाईंको कार्यकाल करिव २०८९ सालसम्म पुग्ने रहेछ, हाम्रोभन्दा अलि लामो । मैले एउटा दृश्य कल्पना गरेको छु । तपाईं अवकाश लिने वा अन्तिम बिदाइ हुने दिन, सायद हामी सांसद नभए पनि बिदाइ कार्यक्रममा बोलाउनुहुन्छ होला । त्यो दिन म उपस्थित भएर तपाईंको बारेमा एक मिनेट बोल्नुपर्यो भने, मैले कस्तो भाषण गर्ला भन्ने तपाईंले कहिल्यै अनुमान गर्नुभएको छ ? आजसम्म तपाईंविरुद्ध एउटा पनि उजुरी छैन । हामीलाई पनि त्यसमा गर्व लागेको छ । त्यसैले, तपाईंको बिदाइका दिन मैले तपाईंको बारेमा दिने एक मिनेटको भाषण कस्तो हुनसक्छ, त्यसको एउटा ड्राफ्ट तयार गरिदिनुहोस् ।’
सभापति श्रेष्ठले डा. सुब्बाको अवकाशपछिको बिदाई समारोहमा आफूले गर्ने भाषणको विषयलाई लिएर सोधेको यो प्रश्नले प्रस्तावित आयुक्तको भावी कार्ययोजना र त्यसको प्रभावकारिताप्रति समितिको चासोलाई दर्शाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया