काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि साउन ११ गते सोमबारबाट लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
अमात्य हाल हिमालयन लाइफ इन्स्योरेन्सको डीसीईओ रहेका छन् । यसअघि आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका उनी केही समयअघि मात्रै राजीनामा दिएर हिमालयन लाइफमा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया