नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग

लोकपथ
56
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरिएको छ ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सीईओ नियुक्तिका लागि आवेदन माग गरेको हो । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सीईओ पदका लागि उम्मेदवारसँग अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि भएको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?