बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
49
Shares

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला १ हजार ६ रुपैयाँले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो ।

शुक्रबार ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?