काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएकोमा दोस्रो हाफको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा आएको अर्जेन्टिनाले ८५औँ मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो । अर्जेन्टिनाका इन्जो फर्नान्डिजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले गोल गर्दै नतिजा २–१ मा पु¥याए । मेस्सीको पासमा उनले गोल गरेका थिए ।
अर्जेन्टिनासँग पराजित भएसँगै ६० वर्षपछि फाइनलमा पुग्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ । अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया