सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे एमालेका ४ मन्त्रीलाई बर्खास्त

लोकपथ
140
Shares

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका ३ मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

बुधबार मुख्यमन्त्री शाहले मन्त्रीहरुलाई बर्खास्त गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बहादुर बमले लोकपथलाई जानकारी दिए ।

मुख्यमन्त्री शाहले एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की बर्खास्तमा परेका हुन् ।

यसैगरी एक राज्यमन्त्री पनि बर्खास्तमा परेका छन् । बमका अनुसार एमालेबाटै भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी निर्मला साउदलाई पनि बर्खास्त गरिएको हो ।

सुदूरपश्चिममा एमालेको सहयोगमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको छ । प्रदेश सरकारले ल्याएको बजेटमा एमाले रुष्ट रहेको छ ।

गत असार १ गते ल्याइएको प्रदेशको बजेटमा एमालेका ६ सांसदले मन्त्रालयको खर्च कटौतीको प्रस्ताव दर्ता गरेका थिए ।

आफैँ सम्मिलित सरकारले ल्याएको बजेटबारे असन्तुष्टि जनाएपछि मुख्यमन्त्रीले छलफल गरेका थिए । तर एमालेका सांसदहरु टसमस नगरेपछि बर्खास्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?