काठमाडौं । अमेरिकी केन्द्रीय कमाण्डले आजदेखि इरानी बन्दरगाहहरूमा हुने आवतजावतमा पुनः नाकाबन्दी सुरु गर्ने घोषणा गरेको छ ।
सेन्टकॉमले सोमबार एक विज्ञप्ति जारी गर्दै यसअघि अप्रिल १३ देखि जुन १८ सम्म कार्यान्वयन गरिएको नाकाबन्दीलाई निरन्तरता दिन लागिएको जानकारी दिएको हो ।
सामाजिक सञ्जाल ‘एक्स’ मा सेन्टकॉमले दिएको जानकारी अनुसार, अघिल्लो दुई महिनाको नाकाबन्दीका क्रममा अमेरिकी बलले १४० भन्दा बढी जहाजहरूको मार्ग परिवर्तन गराएको थियो भने निर्देशन उल्लंघन गर्ने ९ वटा जहाजहरूलाई निष्क्रिय पारेको थियो ।
सोही अवधिमा मानवीय सहायता सामग्री बोकेका ५० भन्दा बढी व्यावसायिक जहाजहरूलाई भने आवतजावत गर्न अनुमति दिइएको सेन्टकॉमले जनाएको छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले रणनीतिक महत्त्वको हर्मुज जलसन्धिमा नौ सैनिक नाकाबन्दी पुनः सुरु गर्न लागेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले उक्त जलमार्ग प्रयोग गर्ने सबै मालवाहक जहाजहरूमा २० प्रतिशत महसुल समेत लगाइने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरिएको विषयमा गत शुक्रबार नै अमेरिकी कंग्रेसलाई औपचारिक रूपमा जानकारी गराएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया