काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)ले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पत्रकारहरूसँगको छलफलमा लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । उनले सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जनताले दिएको जनमतअनुसार परिणाममुखी काम गर्न पार्टी केन्द्रित रहेको उल्लेख गर्दै सकारात्मक काममा सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताए ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले संसदीय प्रक्रियामा सञ्चारमाध्यमसँगको सहकार्यलाई अझ घनिष्ठ बनाउँदै अघि बढ्ने बताए ।
छलफलमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलगायतले संसदीय अभ्यासमा सञ्चारकर्मीको भूमिका र अनुभवबारे धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया