काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलको खेल सकिएको छ ।
आज बिहान क्वार्टरफाइनल अन्तर्गत अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले र स्विट्जरल्यान्डलाई ३–१ ले हराएसँगै क्वार्टरफाइनल सकिएको हो ।
योसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ । आज स्विट्जरल्यान्ड र अर्जेन्टिनाको रोमाञ्चक खेल सकिएसँगै सेमिफाइलनमा टोलीको नाम टुङ्गो लागेको हो ।
खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले सशक्त पुनरागमन ग¥यो । ६७ औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले रातो कार्ड खाँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको थियो ।
अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २–१ मा पु¥याए । खेलको १२१ औँ मिनेटमा मार्टिनेजले गोल गरे । यसपटक विश्वकपको फाइनल यात्राका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ ।
वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डमाथि ३–१ को जितसहित सेमिफाइनल खेल्ने चौथो टोली बनेको छ ।
सेमिफाइनलको पहिलो खेल अब मंगलबार राति फ्रान्स र स्पेनबीच हुँदैछ । डल्लास स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएका यी दुई युरोपेली पावर हाउसबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार राति अर्जेन्टिना र इङ्गल्यान्ड आमनेसामने हुनेछन् । एटलान्टा स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्गल्यान्डको सामना गर्नेछ ।
सेमिफाइनलका विजेता टोली उपाधिका लागि आगामी आइतबार जुलाई १९ तारिखमा न्युयोर्क न्युजर्सी स्टेडियममा भिड्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया