नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा 

लोकपथ
14
Shares

काठमाडौं । नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरेका हुन् ।

खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिंघमले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।

९० मिनेटभित्र खेल बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंघमले इंग्ल्यान्डका लागि गरेको दोस्रो गोल नै निर्णायक बन्यो र इंग्ल्यान्ड २–१ ले विजयी बन्यो ।

सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डको खेलबाट तय हुने विजेतासँग खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?