जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन विवादमा, १७७ नम्बर बुँदा सच्याउन एमालेको माग [पूर्णपाठ]

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय मानवअधिकार आयोगलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी निर्णय नम्बर १७७ मा गरिएको सिफारिस सच्याउन आग्रह गरेको छ ।

बिहीबार एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निवेदन बुझाएका हुन् ।

एमालेले आयोगको उक्त सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यतासँग नमिल्ने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको जनाएको छ ।

यससँगै एमालेले आयोगसँग यसअघि माग गरिएका सबै कागजात र प्रतिवेदनको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरेको छ । आयोगले माग गरिएका सबै कागजात हालसम्म पूर्ण रूपमा उपलब्ध नगराएको एमालेको भनाइ छ ।

एमालेले लिली थापाको नेतृत्वमा बनेको छानबिन समितिले आयोगमा बुझाएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि दिन पनि माग गरेको छ । साथै, उक्त प्रतिवेदनका कुन–कुन भाग आयोगले स्वीकार गर्‍यो, कुन भाग हटायो वा थप गर्‍यो, त्यसको कारण र आधारसम्बन्धी सबै कागजात उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

यदि यस घटनासँग सम्बन्धित अन्य कुनै छानबिन, अनुसन्धान वा अध्ययन भएको भए त्यसका प्रतिवेदन र कागजातसमेत उपलब्ध गराउन एमालेले आयोगसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?