काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग भएको पराजयसँगै उनले सो घोषणा गरेका हुन् ।
नर्वेसँग २–१ को हृदयविदारक हारसँगै ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन् ।
विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएको भएपनि प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए । पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए ।
सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने । चार संस्करणको फिफा विश्वकप खेलेका उनले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे । विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो ।
खेलपछि भावुक हुँदै उनले अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया