महाधिवेशन प्रविधिमैत्री बनाउँदै कांग्रेस, उपत्यकामा महिला निर्वाचन अधिकृत प्राथमिकतामा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लैङ्गिक समावेशितालाई प्राथमिकता दिँदै काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकतासाथ खटाउने निर्णय गरेको छ ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले १५औँ महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ ।

समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया प्रविधिमैत्री बनाउने निर्णय गर्दै परम्परागत मतपत्रको सट्टा विद्युतीय मतदान मेसिन (ईभीएम) वा अन्य डिजिटल प्रविधि प्रयोग गर्ने जनाएको छ । निर्वाचन प्रक्रियालाई सकेसम्म ‘पेपरलेस’ बनाइने पनि समितिले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित बनाउन कानुन व्यवसायी तथा अन्य पेशागत क्षेत्रका व्यक्तिलाई स्वयंसेवकका रूपमा सहयोग गर्न पनि आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?