झापा । मेचीनगर नगरपालिका–१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय चुडामणी गुरागाईंको एकतले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, लत्ताकपडा तथा अन्य विभिन्न सरसामानसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रज्जन आवका अनुसार आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया