काठमाडौं । प्रतिनिधि सभा बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
सिंहदरबारस्थित नवनिर्मित प्रतिनिधि सभाको हलमा बैठक बसिरहे पनि प्रत्यक्ष प्रशारण भने हुन सकेको छैन ।
प्रतिनिधि सभाको हलमा इन्टरनेट बिग्रिएको कारण आजको बैठक लाइभ गर्न नसकिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार सम्भवतः रातिबाट इन्टरनेटमा आएको समस्याका कारण प्रत्यक्ष प्रशारण गर्न नसकिएको हो । अहिले प्राविधिक टोली बोलाएर मर्मतको काम भइरहेको छ ।
‘रातिदेखि इन्टरनेटमा समस्या आयो । अहिले प्राविधिक बोलाएर इन्टरनेट मर्मतको काम भइरहेको छ । आजको बैठक त्यही कारण प्रत्यक्ष प्रशारण हुन नसकेको हो,’ गिरीले लोकपथसँग भने ।
इन्टरनेटको समस्या हल भएपछि बैठक प्रत्यक्ष प्रशारण हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया