काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको जिम्मेवारी लेखनाथ पौडेललाई दिइएको छ ।
आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले विभिन्न आयोगको नेतृत्व चयन गरेको हो ।
कास्की स्थायी ठेगाना भएका पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन् ।
त्यसो त रास्वपाको निर्वाचन र लेखा आयोगमा भने पूरानै टिमलाई जिम्मेवारी दिइएको छ ।
रास्वपाको विधान अनुसार कुनै पनि विभागलाई रिक्त राख्न नहुने प्रावधान अनुसार पूरानो कमिटीलाई विघटन गरी नयाँ जिम्मेवारी दिइएको हो ।
असार ७–१२ गते चितवनमा रास्वपाको प्रथम महाधिवेशन सम्पन्न भएको हो ।
बुधबार नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले शपथग्रहण गरेका हुन् । शपथग्रहणपछि पहिलोपटक बसेको केन्द्रीय समितिले बैठकले सो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया