काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि अदालत लगिएको छ । प्रहरी हिरासतमा रहेका पौडेललाई म्याद थपका लागि सोमबार अपराह्न विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो । उनलाई विशेष अदालतले असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
अदालतले दिएको म्याद असार १४ गते सकिएकाले आज उनलाई थप हिरासतमा राख्नका लागि प्रहरीले विशेष अदालतबाट अनुमति लिन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया