काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक भरतपुर-२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर–२० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा आज बिहान २:४० बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-३ का २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया