पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु

लोकपथ
14
Shares

रुकुमपश्चिम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए । पुथा उत्तरगङ्गा गाउँपालिका-९ खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको मृत्यु भएको हो ।

बालिका तालमा डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्व लगेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?