काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त दरखास्ता आह्वान गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्ययोजना पेस गर्न भनिएको छ ।
सूचनामा भनिएको छ, ‘निजामती कर्मचारी अस्पताल विकास समिति (गठन)आदेश, २०६४ को दफा ६ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सोही दफा ६ र निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वेबसाइटमा राखिएको विस्तृत सूचनामा उल्लेख भएका विवरणहरूसहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्ययोजना संलग्न गरी आवेदन दस्तुर बापत पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचरसहित आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
यससम्बन्धी विस्तृत सूचना तथा जानकारीका लागि मन्त्रालय र निजामती कर्मचारी अस्पतालको वेबसाइट (https://www.mofaga.gov.np र https://www.csh.gov.np) मा हेर्न वा मन्त्रालयको कर्मचारी कल्याण शाखामा सम्पर्क राख्न सकिने सूचनामा जनाइएको छ। https://nepalnews.com/2026/06/20/call-for-applications-for-the-position-of-executive-director-of-civil-hospital/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया