ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण

लोकपथ
28
Shares

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत गृहको निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठले विद्युत गृहको विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिएका हुन् ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैनले विद्युत्गृहका बारेमा जानकारी गराएका थिए । यहाँबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?