काठमाडौं । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ४१ हजार ६३० सवारीसाधनमाथि कारबाही गरिएको छ । यसबाट १२ करोड ६९ लाख ४९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
गोविन्दराज काफ्लेका अनुसार सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि गरिएको छ । यसअन्तर्गत १८ हजार ८२७ सवारी कारबाहीमा परेका छन् ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ११ हजार ९६९ चालक कारबाहीमा परेका छन् भने ओभरलोड, तीव्र गति, प्रयोजनविपरीत सवारी सञ्चालन तथा लेन अनुशासन उल्लङ्घन गर्ने सवारीमाथि पनि कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई थप कडा बनाएको जनाएको छ । लाइसेन्सबिनाको सवारी सञ्चालन, मापसे, तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको कार्यालयले जनाएको छ ।
प्रहरीले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना वृद्धि र आधुनिक ट्राफिक व्यवस्थापनका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया