काठमाडौं । युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् ।
प्रहरीका अनुसार युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्क्याउने, कुटपिट गर्ने तथा आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले रमेशलाई उनको घरबाटै विभिन्न प्रकारका लागुऔषधयुक्त ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ ।
यस घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया