काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक छात्रले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् । हामफालेर आत्महत्या गर्ने छात्रमा काठमाडौं महानगरपालिका– ७, चाबहिल घर भई कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले ती छात्रले सोमबार दिउँसो साढे १२ बजे छतबाट हाम फालेको र तत्कालै सुमेरु सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको बताए ।
उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेको जनाइएको छ । हिन्दी भाषाको रोमनमा लेखेका विषयहरू प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । उनी मानसिक समस्यामा रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया