काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य निकायका रिक्त पदका लागि आवेदन खुलाएको छ ।
मन्त्रालयले नेपालका विभिन्न परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा खाली रहेका पदहरूमा योग्य व्यक्तिबाट आवेदन माग गरेको हो ।
मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार तथा सदस्य सचिव पदहरू खाली छन् ।
त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष तथा कार्यकारी निर्देशक पदका लागि पनि आवेदन खुलाइएको छ ।
योग्य तथा इच्छुक व्यक्तिले सम्बन्धित ऐनअनुसार आवश्यक योग्यता पूरा गरी १० दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन सिंहदरबारस्थित मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा वा मन्त्रालयको वेबसाइटमार्फत दिन सकिनेछ। आवश्यक कागजात र विवरण वेबसाइटमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया