सरकारी भवनमा अवैध रूपमा रहेका संघ-संस्था हटाउन प्रशासनको निर्देशन

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी भवन र सार्वजनिक निकायका भवनभित्र अवैध रूपमा सञ्चालन भइरहेका गैरसरकारी संघ–संस्थाका कार्यालय हटाउन निर्देशन दिएको छ ।

कार्यालयले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका तर सरकारी भवन प्रयोग गरेर कार्यालय चलाइरहेका प्राविधिक तथा पेशागत संघ–संस्थालाई ७ दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको हो ।

साथै, सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई त्यस्ता संघ–संस्थाका बोर्ड, संरचना र कार्यालय हटाएर खाली गराउन पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?