सुनको भाउ तोलामै ५ हजार ३०० ले बढ्यो, चाँदीको १९० रुपैयाँले

लोकपथ
133
Shares

काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९२ हजार रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?