एकैदिन १० हजार १ सयले घट्यो सुन, चाँदी के भयो ? 

लोकपथ
812
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको हो । 

अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १० हजार १ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १८५ रुपैयाँमा घटेको हो ।

हिजो मंगलबार ४ हजार  ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर  ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?