प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची

लोकपथ
63
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको छ ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराइने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी जानकारी प्रस्तुत गरिने सम्भावना छ ।

यस्तै, अर्थमन्त्रीले विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

तर, संसद्को जारी अवरोधका कारण आजको बैठक कार्यसूचीमा प्रवेश गर्न सक्ने वा नसक्ने विषय अझै अनिश्चित छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।

संसद्को गतिरोध अन्त्य गर्न दलहरूबीच सहमति जुट्न नसक्दा पछिल्ला बैठकहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा उपस्थित भई आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने वा त्यसलाई सच्याउनुपर्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?