कांग्रेसको आरोप : ‘प्रधानमन्त्री नेपाललाई भारतको भूमि अतिक्रमणकारी प्रमाणित गर्न लागिपरेका छन्’

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको विवादित अभिव्यक्ति सच्याउनुको सट्टा उल्टै नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्नतर्फ लागेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाउँदै नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजिएको बताए ।

सांसद राईले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी देश नभएको र कहिल्यै बन्न नसक्ने दाबी गर्दै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे ।

उनले सभामुख डोलप्रसाद अर्याल समक्ष रुलिङको माग गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर स्पष्टता दिनुपर्ने आवश्यकता औँल्याए।

सांसद राईले नेपालले छिमेकी भारतको कुनै पनि भूमि अतिक्रमण नगरेको दाबी गर्दै सामाजिक सञ्जालमा प्रमाणविहीन सामग्री फैलाएर नेपाललाई गलत रूपमा प्रस्तुत गर्न खोजिएको आरोपसमेत लगाए ।

उनले सरकार समर्थकहरूलाई लक्षित गर्दै ‘राष्ट्रघाती’ कदम प्रमाणित गर्न खोजिएको हो कि भन्ने प्रश्न उठाए ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत यस विषयमा सरकारको स्पष्ट धारणा माग गर्दै प्रधानमन्त्रीले सदनमै उपस्थित भएर जवाफ दिनुपर्ने धारणा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?