काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले पूर्वमन्त्री महावीर पुनलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
अन्तरिम सरकारका मन्त्री समेत रहेका स्वतन्त्र सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिको तयारी गरिएको हो ।
प्रधानमन्त्री बालेनले पुनलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।
यसैगरी गृहमन्त्रीमा सुधन गुरुङलाई नै दोहोर्याउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेनले गृहमन्त्रीमा उनै सुधनलाई नियुक्त गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।
त्यसो त गुरुङ ०८२ साल चैत १३ गते गृहमन्त्री बनेका थिए । तर उनीमाथि प्रश्न उठेपछि राजीनामा दिएका थिए । उनीमाथि छानबिन गर्न बनेको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदन पेस गरिएको थियो ।
दुवै मन्त्रीहरुको आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथग्रहणको तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया