सुदन गुरुङ पुनः गृहमन्त्री बन्दै, दिउँसो शपथ ग्रहण

लोकपथ
1k
Shares

काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । आजै उनको शपथ ग्रहण हुने भएको छ ।

यसअघि विभिन्न विवाद, विशेषगरी सम्पत्तिसम्बन्धी आरोपमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । उक्त छानबिन समितिले उनलाई क्लिन चिट दिएको थियो ।

क्लिन चिट पाएसँगै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णय गरिएको हो ।

स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?