दाङ । दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज बिहान ना५ख ९३३६ नम्बरको रोकिराखेको ट्रकको पछाडिको भागमा लु१२प ९८४० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी करिब ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही मोटरसाइकलमा सवार करिब ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन् । उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया