रास्वपा सभापति रवि लामिछानेद्वारा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका दुई प्रतिनिधि सहभागी

लोकपथ
119
Shares
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई प्रतिनिधि सहभागी भएका छन् ।

सिंहदरबारस्थित संघीय सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा केहीबेरअघि सुरु भएको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन सहभागी भएका हुन् ।

प्रतिनिधि सभामा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यसहित सभापति लामिछानेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूको बैठक आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?