रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेता किन नजाने भए ?

लोकपथ
266
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेतृत्व भने सहभागी नहुने भएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको उक्त बैठकमा कांग्रेस र एमालेले शीर्ष नेताको सट्टा अन्य प्रतिनिधि पठाउने भएका हुन् ।

कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुनेछन् भने प्रमुख सचेतक बासना थापाका अनुसार एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर बैठकमा उपस्थित हुनेछन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

शीर्ष नेतृत्वको अनुपस्थितिमा पनि अन्य प्रतिनिधिहरूको सहभागितासहित बैठक औपचारिक रूपमा अघि बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?