के भयो सुनचाँदीको मूल्य  ?

लोकपथ
301
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन  ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ  । 

 त्यस्तै  आज  चाँदीको मूल्य पनि घटेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको  हो । 

 हिजो बिहीबार  ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?