सामान्यले बढ्यो सुनचाँदीको मूल्य

लोकपथ
56
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।

हिजो सोमबार ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?