के भयो आज सुनचाँदीको मूल्य ? 

लोकपथ
98
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । 

 अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।  हिजो आइतबार ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?