बजेट बहसका लागि आज संसद् बैठक बस्दै, अर्थमन्त्रीले प्रस्ताव पेस गर्ने

लोकपथ
0
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल हुने भएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री वाग्लेले प्रस्ताव पेस गरेसँगै बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनेछ । छलफलका क्रममा विभिन्न दलका सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम तथा विनियोजनका विषयमा धारणा राख्नेछन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफलपछि विभिन्न मन्त्रालयगत शीर्षकमाथि पनि क्रमशः छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?